खाएका कसम भुलेको छैन
बैरीको ऋणमा डुलेको छैन
टुट्लाकी मायाँ नभन प्रिय
अटुट छ नाता टुटेको छैन
कल्पना तिम्रो आउँछ प्रिय
निशाना अझै छुटेको छैन
उजाड लाग्छ बिरानो शहर
प्याउली फूल फुलेको छैन
रुन्थ्यौ तिमी मनसुनसँग
आँखा सुकेकी सुकेको छैन ?
मनसुन
मिति २ माघ २०६८ कुवैत
