Skip to content

धोती स्वीकार !


जे जे ल्याएँ मुग्लान्बाट गोटी स्वीकार !
ढुङ्गै ल्याएँ भने पनि मोती स्वीकार !

चेवा चर्चा पक्कै हुन्छ के के ल्याएछ
लाज ढाके पुग्छ प्रिय ! धोती स्वीकार !

देखासेखी झुन्ड्याउने चलन तोड्दैछु
आफ्नै अङ्ग बुच्चै कान लोती स्वीकार !

बिछोडको अध्यारो त्यो सारा बिर्सदै
सामु परेँ अग्निशिखा ज्योती स्वीकार !

ल्याएँ भने एकै ल्याएँ प्रेम आदर्श
एक हैन लाखौ लाख कोटी स्वीकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *