Skip to content

सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर
आफन्तलाई त्यागेर पराइलाई रोज्नु भो हजुर ।

अहं र अभिमान यति धेरै बढेछ कि यहाालाई
नाता सम्बन्ध र इष्टमित्रलाई नै तोड्नु भो हजुर ।

पैसा, धन, सम्पत्ति प्राप्तिको मोहले यसरी छोपेछ
नैतिकता र इमानदारीलाई नै छोड्नु भो हजुर ।

मर्यादा र प्रतिष्ठा प्राप्तिको सुखलाई बुझ्नु भएन
आफैा सज्जनदाश बन्दै ठूलो दुःख खोज्नु भो हजुर ।

बुद्धि विवेकका सबै कुरा हराइसकेछन् यहाा
आˆनै जिन्दगीको अर्थ नै अरूसाग सोध्नु भो हजुर ।

-पकनाजोल, काठमाडौा

Leave a Reply

Your email address will not be published. Required fields are marked *