Skip to content


नछुदैमा मन दु:खायौ भन्ने तिमी नै हौ
नगरेको गल्ती लुकायौ भन्ने तिमी नै हौ ।।

सम्मान गरी स्वागत के गर्दै थिए
हारेपछि सिर झुकायौ भन्ने तिमी नै हौ ।।

आधा देउ पिडा म पनि रुन्छु भन्यौ
साटेपछि माया चुकायौ भन्ने तिमी नै हौ ।।

जसो तसो रोकथाम गर्थे म डिलहरू
आफू खोली बाँध फुकायौ भन्ने तिमी नै हौ ।।

सकाइदिएछौ आशु बिदाइमा हाँस्दै हिंडे
मेरो लागि आशु सुकायौ भन्ने तिमी नै हौ ।।

3 thoughts on “तिमी नै हौ”

  1. सके मान्छे चिन्नु । बाजी ।
    ऐच्छिक अङ्ग्रेजी छ नि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *