अब विग्रहबाट समास निस्कनुपर्छ
भ्रमको ज्वालाबाट विश्वास निस्कनुपर्छ ।
आँधी, हुरी र तूफान रोकेरै भए पनि
शुद्धिकरण भएरै बतास निस्कनुपर्छ ।
बेपत्ता ती सहिदका जानकारी बोकेर
ती अज्ञात चिहानबाट लाश निस्कनुपर्छ ।
ती नौलाख तारालाई पृथ्वी घुमाउन
सौर्यमण्डल बोकेरै आकास निस्कनुपर्छ ।
बुझ्नु छ भने यो अद्भूत आश्चर्य
सिरा धमनीबाटै तलाश निस्कनुपर्छ ।
नाला, काभ्रे
मधुपर्क २०६८ माघ
