केही गर्छु भन्थ्यो तर केही गरेन ।
बेलायती कुकुरले खोला तरेन ।
सरटले ढाकेर अन्धकार भयो
ज्योति छर्छु भन्थ्यो तर छरेन ।
माटो बेच्नेहरु भन्छन् खल्ती भरियो
धेरै चोटी रुन चाहेँ आँशु झरेन ।
घृणा झनै बढ्दै गयो सत्ता देखेर
खाली पेट खाली रह्यो भोको टरेन ।
विक्रम नेपाली {पवन}
बेथान-४ रामेछाप
