तिमीले छोडी गएदेखि
अन्त माया लाको छैन
तिमीले तोडी गएदेखि
अरु कसम खाको छैन ।।
मन त थियो तिमीलाई
केबल आफ्नो बनाउने
कोमल तिम्रो मन जिती
तिम्रा ती हात समाउने ।।
तिम्रो नजरमा पर्ने मैले
त्यो सौभाग्या पाको छैन
तिमीले तोडी गएदेखि
अरु कसम खाको छैन ।।
एक्कासी तिमीले किन
सबै कसम तोडेर गयौ
आफलाई माया गर्नेलाई
किन तिमीले छोडेर गयौ ।
ऐले सम्म लाग्छ तिमीलाई
मेरो याद आको छैन
तिमीले तोडी गएदेखि
अरु कसम खाको छैन ।।
तिमीले छोडी गएदेखि
अन्त माया लाको छैन
तिमीले तोडी गएदेखि
अरु कसम खाको छैन ।।
पुस्कल पौडेल (प्रतिक)
