हाँसी हाँसी तिमीले जालमा फँसायौ
धोखा दिई अहिले दुनियाँ हँसायौ
खुसीसाथ दिएको भए बिष नै पिउँथे बरू
घर न घाटको पारिदियौ अब म कसो गरूँ
जाउँ भने कता जाउँ संसार नै अन्धकार लाग्छ
आफ्नै छाँया आज मदेखि टाढा-टाढा भाग्छ
आफैलाइ भार लाग्न थाल्यो जिन्दगी यो आज
गिराई दियौ तिमीले मलाई दुनियाँको नजरबाट
कहाँ पुग्छु थाहा छैन बस हिँडिरहेछु हिँडिरहेछु
विवश मेरो कथा-व्यथा बोकी बाँचिरहेछु
… बस।
३/३/२०१२
