कति राख्छौं ए ! काली
बाँधी मायाको भकारी
लौन माया देऊ छिटो
मन मुटु सकारी ।।१।।
चुरा दिउँला पोते दिउँला
केश बाध्ने धागो,
कतिन्जेल हुन्छौं भन तिमी
मलाई देख्दा आगो ।।२।।
माया बेच्ने म पनि त
हैन कुनै व्यापारी
लौन माया देऊ छिटो
मन मुटु सकारी ।।३।।
मन सफा चोखो माया
लिई कोही आउँदैननु्
हुने खाने हट्टा कट्टा
तिम्रा घर नि धाउदैनन् ।।४।।
म जस्तो झिल्के पाउँदा
उल्टै दिन्छौं हपारी,
लौन माया देऊ छिटो
मन मुटु सकारी ।।५।।
मनको माया मसँग नि
साट्ने गर एकैछिन,
मरी लानु के छ भन
आज मरे भोलि दुई दिन ।।६।।
तिम्रै साथ मागेँ बुझ्यौ
देवी देउता पुकारी,
लौन माया देऊ छिटो
मन मुटु सकारी ।।७।।
कति राख्छौं ए ! काली
बाँधी मायाको भकारी
लौन माया देऊ छिटो
मन मुटु सकारी ।
दर्पण
