रोजेको धड्कनभित्र पसी, दर्पण बनी छायौ कि नाई ?
मैले दिने साथभन्दा फरक साथ पायौ कि नाई ?
एक अर्काको समिप हुन, ढोगी मन्दिरमा वर माग्थ्यौ
आज तिमीले त्यही कसम, अरुसँगै खायौ कि नाई ?
मेरो जीवन एक रंगमन्च, म नै त्यसको पात्र मानी
उडाई हाँसो त्यही मन्चमा, गीत तिमीले गायौ कि नाई ?
पुजे ढुङगामा नि भेटिन्छ देउता, माया गर्न मन सबैको एउटा
खोन्दा खोज्दै अटुट प्रेम, सबैको मनमा धायौ कि नाई ?
मनको ढोकामा ताला लाई, आफनै मुटु आफैंले जलाई
गहभरि आँसु बोकी आँखामा, मलाई सम्झी रोयौ कि नाई ?
दर्पण
