उसको लागि खेल भो माया मेरो लागि जेल भो
जिन्दगी नै डुबाई दिने श्रावणको त्यो भेल भो
उसको लागि रात भो माया मेरो लागि घात भो
जिन्दगीनै डढाई दिने आगोको त्यो राप भो
उसको लागि धन भो माया मेरो लागि वन भो
जिन्दगीनै सिध्याई दिने बारूदको त्यो गन भो
उसको लागि ऐश भो माया मेरो लागि झ्यास भो
जिन्दगी नै पडकाई दिने एटमको ग्याँस भो।
