Skip to content

तिमीले मायाको सुवास छर्यौ


चल्दा पवन यस्तो लाग्छ
तिमीले मायाको सुवास छर्यौ,
गीत गाए कोइलीले बनमा
सुरमा तिमीले शुर भर्यौ ।।१।।

प्रकृति पनि यामै पिच्छे
जिस्किँदै आफ्नो रुप फेरछ,
बादल पनि त मडारिँदै आफैं
बिशाल त्यो घामलाई छेक्छ ।।२।।

गर्जदा आकास अब लाग्यो
तिमीले मायाको जल छरेयौ,
गीत गाए कोइलीले बनमा
सुरमा तिमीले शुर भर्यौ ।।३।।

कोरा कागजमा कोरिएका खेस्रा
मन मनमै सजाई दिदाँ,
कल्पना मनको बाहिर ल्याई
तिम्रो तस्बिर बनाई दिदाँ ।।४।।

क्यानभासमा नजर ल्याउदै तिमीले
मन्द मुस्कान म तिर छर्यौ,
गीत गाए कोइलीले बनमा
सुरमा तिमीले शुर भरेयां ।।५।।

चल्दा पवन यस्तो लाग्छ
तिमीले मायाको सुवास छरेयौ,
गीत गाए कोइलीले बनमा
सुरमा तिमीले शुर भर्यौ ।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *