अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू-योर्क च्याप्टरले बर्सेनी आयोजना गर्दै आएको लक्ष्मी जयन्ती तथा दिपावली साँझ यस बर्ष पनि भब्य कार्यक्रम सहित न्यू-योर्ककोस्थित ज्यक्सनहाइट्सको हिमालयन याक रेस्टुरेन्टमा गत शनिबार नोबेम्बर ३ का दिन सम्पन्न भयो ।
१०३ औ देवकोटा जयन्ती तथा दिपावली साझ संयुक्त राष्ट्रसंघकालागि नेपालका कार्यबाहक स्थायी प्रतिनीधि महामहिम सेवा लम्साल अधिकारीको प्रमुख अथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक अमर नेम्बाङ लिम्बूको बिशेष आतिथ्य तथा प्रा.डा.गोविन्द कोइराला र साहित्यकार चुंडा बसन्त लम्सालको अथित्यमा भएको कार्यक्रममा नेपालको राष्ट्रिय गानकासाथ शुरु गर्दै न्यू-योर्क तथा छिमेकी राज्यहरूमा भीषण रुपमा नोक्सानी पुर्याउँदै गएको “हरिक्यान स्याण्डी”का कारण ज्यान गुमाएका म्रितकहरूको आत्माको चीर शन्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी, पञ्चकन्याबाट दीप प्रजोलन सहित महाकविको तस्बिरमा मल्यार्पण गरिएको थियो ।
वयस्क र बाल कविता प्रतियोगिताको समेत आयोजना गरिएको उक्त कार्यक्रममा बाल कविता वाचन प्रतियोगिता अन्तर्गत प्रज्ञा सापकोटा, सिम्नी निरौला, सीना निरौला र बिक्रान्त बिष्टले कविता वाचन गरेका थिए भने वयस्क कविता वाचन प्रतियोगितामा देवेन्द्र लिम्बू सम्बाहम्फे, बीरेन्द्रहाङ लाबुङ लिम्बू र अनुपमा सापकोटाले कविता वाचन गरे । सो कार्यक्रममा ज्योती पौडेल, परीता राजभण्डारी, गोविन्द कोइराला, मनु लोहोरुङ, चुंडा बसन्त लम्साल, गीता पन्थ, राजेन्द्र श्रेष्ठ, नगेन्द्र ईङ्नाम “आठराईली”, पूनम काफ्ले, मूना बेल्बासे, कमला प्रसाइ र बिनोद रोकाले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए भने म्रिदुला कोइराला र बिकास बिष्टले महाकविको मुनामदनको गीत प्रस्तुत गरेका थिए ।
बयस्क प्रतियोगीहरूकातर्फबाट बिरेन्द्रहाङ लाबुङ लिम्बु प्रथम, देबेन्द्र लिम्बु दोश्रो र अनुपमा सापकोटा तेश्रो भएका थिए भने बाल प्रतियोगीहरूकातर्फबाट बिक्रान्त बिष्ट प्रथम, सिम्नी निरौला दोश्रो र प्रज्ञा सापकोटा तेश्रो भएका थिए । बिजयी कवि कवयत्रीहरूलाई प्रमुख अतिथि लम्सालले पुरस्कार बितरण गरेकी थिईन । निर्णयकहरूमा ज्योति पौडेल, डा तारा निरौला, कमला प्रसाई र गीता पन्थ रहनु भएको िथयो ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू-योर्क च्याप्टरको प्रेस बिज्ञप्ती
महाकवि लक्ष्मी प्रसाद देवकोटाको बारेमा प्रकाश पार्दै साहित्यकार अमर नेम्बाङ लिम्बूले देवकोटा अन्तरराष्ट्रिय स्तरको साहित्यकार हुनुहुन्थयो र वहाँ ले नै नेपाली साहित्यमा स्वछन्ताबादको प्रबेश गराउनु भएको कुरा उल्लेख गर्नु भयो । गोविन्द कोइरालाले देवकोटाको कृति तथा नेपाली साहित्यमा वहाँको योग्दानको बारेमा प्रकाश पार्नु भएको थियो भने सस्था का प्रमुख सम्पादक धनीराम सापकोटाले देवकोटाको बारे मा छोटो मन्तब्य ब्यक्त गर्नु भएको िथयो । कार्यक्रममा प्रमुख अतिथि का बा महामहिम लम्सालले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको संरक्षण र सम्बर्दनको निम्ति समाजले गरेको कार्एको प्रसंशा गरिन । कार्यक्रममा संस्थाका महासचिव बिकास बिष्टले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मोहिनी सैंजूले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन । समाजकी भूतपूर्व अध्यक्ष ज्योति पौडेलले चाँहीं समाजको स्थापना र वर्तमान स्थिति सम्बन्धी प्रकाश पारेकी थिइन । यसै अवसरमा संस्थालाई अमुल्य योगदान दिएबापत पुर्व अध्यक्ष ज्योति पौडेललाई सम्मानित गरिएको थियो । वहाँलाई प्रमुख अतिथि कार्यवाहक महामहिम लम्सालले दोसल्ला ओडाएर कदर पत्र प्रदान गरेकी थिईन ।
यसै कार्यक्रमको अवसरमा संस्थाका मिडिया को-अर्डिनेटर, पत्रकार तथा साहित्यकार नगेन्द्र ईङ्नाम “आठराईली”को सम्पादकत्व र न्यू-योर्कवासी सहित्यानुरागीहरूको पहलमा www.nayarachana.com (नयाँरचना डटकम) नामक साहित्यिक वेबसाईटको समेत उद्घाटन गरियो । उक्त साहित्यिक वेबसाईटलाई बरिष्ठ साहित्यकार एवं समालोचक अमर नेम्बाङ लिम्बूबाट उद्घाटन गरिएको थियो ।
महासचिब बिकास बिष्टद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष सीता खरेलले उपस्थितिलाई स्वागत गरेकी थिईन भने अध्यक्ष पूनम काफ्लेले उपस्थित पत्रकार तथा साहित्यप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन गरेकी थिईन । कार्यक्रमको अन्त्यमा पञ्चकन्या लाई दिप सहित अगाडी लगाउदै देउसी भैलीका गीत गाउँदै सहभागीहरूले दीपावलीसहित सामूहिक नाचगान गरेका थिए । च्याप्टर सल्लाहकार सदस्य र बिभिन्न संस्थाका प्रतिनिधि, साहित्यकार, पत्रकार तथा जनसमुदाएको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रम रात्री भोजन सहित भब्यताका साथ सम्पन्न भयो ।
बिकास बिष्ट
नोभेम्बर ६, २०१२
महासचिब अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू-योर्क च्याप्टर
