Skip to content

देवकोटा हाम्रो सधैँ माझ

  • by


लक्ष्मीका प्रसाद बिद्याका सागर
तिम्रो जन्मले रमझम तिहार
देउसी भैलोमा एउटै भाषा
नेपाली नेपाली बिच संगम खासा

हिमाल पहाड तराईका हामी
राष्ट्रियताको ढुकढुकी छामी
धोबिधारादेखि हलिउडसम्म
महाकवि तिमी हरेक मुटुमा टम्म

हरेक सोचाइको मिलन बिन्दु
शिक्षाको प्रकाश भाइ र बन्धु
साहित्य थलमा हाम्रो एउटै बोली
जोड्दै अँगाल्दै सारा नेपाली

मोबाइल कम्प्युटरमा नेपाली बाजा
संस्कृति चाडबाड सबैमा साझा
कृति कृतिमा दिपावली साँझ
धन्य देवकोटा हाम्रो सधैँ माझ

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *