Skip to content

परदेशीसँग माया नलगाउनू

  • by


परदेशीसँग माया नलगाउनू
परदेशीलाई आफ्नो नबनाउनू
मरिजानू बरु दिल नलगाउनू
परदेशीसँग माया नलगाउनू

डाँडाहरु पारिपट्टि लाग्ला घमाइलो
वारि दुख देखी लाग्ला परदेश रमाइलो
आएपछि थाहा होला कहाँ पो त आइयो
सोचेकोभन्दा अर्कै चीज पाइयो
मरिगए पनि परदेश नआउनू
परदेशीलाई आफ्नो नबनाउनू

हुरी बताससँग मायाप्रीति लाउलान
लाहुरे दाइको मोइनीले मोइनी लगाउलान
नोटको बिट्टाले तिमीलाई लोभ्याउलान
परदेशको अन्योलमा तिमीलाई फसाउलान
तर माया भने कहिल्यै नलाउनू
परदेशीलाई आफ्नो नबनाउनू

शब्द – दीपेन अधिकारी
स्वर – रामकृष्ण ढकाल
संगीत – सन्तोष शर्मा (लामिछाने)
एल्बम – आगमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *