Skip to content


जीवन यात्राको क्रम
अझै टुटेको छैन
आकाङ्क्षाको आकाश
अझै खसेको छैन
हिँडेको पाइला पनि
भेटिएको छैन
पुग्ने ठाउँ पनि
भेटिएको छैन
सायद मेरो तन
मसँग छैन
त्यसैले त बाँच्न पनि मन छैन
मर्न पनि मन छैन ।
मान्छेको ‘दश मन’
अझै देखेको छैन
एउटैसम्मको पनि
अझै पत्तो छैन
कहाँ कता होला
सोधिएको छैन
रूपरङ्ग लिङ्ग वर्ण
केही थाहा छैन
सायद मेरो मान
मसँग छैन
त्यसैले त रुन पनि मन छैन
हाँस्न पनि मन छैन
निर्धक्कको बास
अझै भेटिएको छेन
सञ्चोको गाँस
अझै खाइएको छैन
पानीमाथिका अक्षर पनि
पोतिएको छैन
हावाभित्रको गीत पनि
बिलाएको छैन
सायद मेरो धन
मसँग छैन
त्यसैले त बस्न पनि मन छैन
हिँड्न पनि मन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *