जुनै आए पनि कानै चिरेका जोगी
अहिंसाको खोल ओडी फिरेका जोगी ।
अनौठो छ राजनीति सबको यस देशमा,
आप्नो माथमा हिंसा भिरेका जोगी ।
अगाडि सम्मान गर्नु नियम रहेछ
पछाडि सबको नजरमा गिरेको जोगी ।
स्वार्थी समाजमा छन् आफ्नै तालमा
आफ्नो निम्ति अरूको पसिना तिरेका जोगी ।
सबै उस्तै छन्, छैन ‘अपेक्षा’ कसैको,
जनतालाई भुलाउन सेवामा छिरेका जोगी ।
धनकुटा-२, पात्ले
मधुपर्क पुष, २०६५

nice
nice post
http://latestnewsatworld.blogspot.com/