कस्तो अचम्म छ हैन ।।।यो मनब् परिबेश् को जन्जिर् सुख र दु:ख अनि मिलन् र बिछोड् को अनौठ सम्योग् को लामो काहनि,,,,,,,,,,,,,,
यस्तै यस्तै लामो काहनिमा मेरो पनि आफ्नै छुट्टै यथार्तमा एउटा काहनि बनेको छ , यसलाई मैले “मन् को पिडा” नामक् कबिता मा उतारिएको छु । प्रस्तुत् छ ,,,,,,,,
“मनको पिडा”
बग्ने आशु बगि सके ,सुकि सके आखा ।
अभाव् र तृष्णना ले ब्यतित्, यो जिवन मा कस्ले दिन्छ काखा।।
धेरै थिए उध्येस्य आज , सबै भए अधुरो ।
दुबै आखा भएर पनि, देख्दछु सारा अध्यरो ।।
हासे को छु बोलेको छु ,मुस्कान छ ओठमा ।
आस्वासन् को मिठो फन्दामा ,थुनिएको छु बन्द कोठामा।।
अन्तर हृदयको पिडा र घाउले ,पोलेको छ यो छ/ती ।
कत्तार मा नै भेटे आज ,म जस्ता हजारौ साथी ।।
हजारौ यो घना बस्तीमा, म एक्लो भए लास् ।
बिरानो यो सुनसान ठाउमा, म कस्को गरौ आस् ।।
भए आज घरको न घाट् ,परेको छ बिचमा ।
सपना को महल आज ,भत्के एकै छिनमा ।।
अनौठ लाग्छ मानब जीवन ,स्वयम् भए वाक्क ।
गनतब्य यात्रा हिड्न थाल्दा ,रोकिन्छ पाइला टक्क ।।
गगन चुम्बी सपना थियो ,बिलिन् भए हावामा ।
ओठ भरी हासो छ ,मुस्कान छैन जिवनमा ।।
घात र प्रतिघातमा ,पिल्सिएको छ यो जिन्दगी ।
मर्नु न बाच्नुको सन् घारमा ,परेको छ म एउटा अभागि ।।
रहेछ ठुलो पैसा अनि ,सुख छ पैसामा ।
बिताई रहेछु सडक जिवन , बिर्सी दु:ख यसैमा ।।
कति थिए उध्यस्य अनि ,सपना थियो अनगिन्ती ।
धिक्कार छ सबै चिज ,दोष दिन्छु आफ्नै मति ।।
बिशाल ठुलो यो सन्सारमा ,एक्लो भै कस्को लागी बाच्ने ।
जन्झिरै जन्झिरको भुमारिमा ,म कस्को लागी साच्ने ।।
अन्तर हृदय कति रोए, घरको याद र सम्झनाले ।
कठोर भयो प्रदेसि जिवन ,बेचैन भए पिडाले ।।
स्मृति पटलमा गुन्जिएको छ,नजाउ बिदेश भनि साथिले ।
धिक्कारदै म ब्यस्त छु ,आज म आफ्नै मतिले ।।
लेखेर अनि देखाएर सकिदैन, यो अन्तर् पिडा घाउ ।
सितल्ताको खोजिमा भन, म कहा जाउ ।।
धन्यबाद् (k6_chandra@yahoo.com.au)
चन्द्र बहादुर् गुरुङ्
दाउन्ने देबि – २ सुर्यनगर नवलपरासी
हाल – मन्नाई कोर्पोरेशन् – ७६
दोहा , कत्तार

OK
OK