Skip to content


जति गुनगुनाउँथें गीत गाई चराउँदा पहिले
उति मिठो गाउँको प्रीत सम्झी ल्याउँदा अहिले

कतै छुट्यो आधी मुटु मेलपात धाउँदा
झनै दुख्यो बाँकी मुटु मनको गीत गाउँदा
गुनगुनाउँथें गाइने गीत दाउनी गर्दा पहिले
सम्झी सम्झी गाउँको प्रीत पछुताउँछु अहिले

हामफालेछन् विरहमा उतिस अनि पीपल
रुन्छन् अरे पन्चेबाजा झरी छैन सीतल
गुनगुनाउँथें गाउँकै गीत बेठी लाउँदा पहिले
गैरी गाउँको प्यारो प्रीत अब पाउँला कहिले

शब्द ‍- एस्पी कोइराला
स्वर – राजेश पायल राई
संगीत – आलोकश्री
एल्बम – उपमा (उपहार – २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *