Skip to content

रुपसित मगमगाउँदै झुम्ने फूललाई सोध

  • by


रुपसित मगमगाउँदै झुम्ने फूललाई सोध
बैंससित जगमगाउँदै चुम्ने भूललाई सोध
जसै तिमी आउनेछौ दोष मलाई लाउनेछौ
छेउमै मलाई देखेर जवाफ आफैं पाउनेछौ

नदीसरी कलकलाउँदै कुद्ने कसमलाई सोध
घाँटीभरि सलबलाउँदै उड्ने बचनलाई सोध
जसै तिमी आउनेछौ मनैभरि छाउनेछौ
छेउमै मलाई देखेर जवाफ आफैं पाउनेछौ

लामो केश लहराउँदै बाग्ने बतासलाई सोध
न्यानो मन बहलाउँदै बग्ने सुवासलाई सोध
जस्तै तिमी आउनेछौ मिठो गीत गाउनेछौ
छेउमै मलाई देखेर जवाफ आफैं पाउनेछौ

शब्द ‍- एस्पी कोइराला
स्वर – दीपक लिम्बु
संगीत – आलोकश्री
एल्बम – उपमा (उपहार – २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *