Skip to content

मायाले मलाई विषै देऊ

  • by


मायाले मलाई विषै देऊ म निलकण्ठ भै पिइदिन्छु
जलनहरु बोकी छातीभित्र म सधैं तिम्रो भइरहन्छु

तिम्रो मायालाई सजाउन महल बनाउन म सक्तिन
झुप्रो भएको यो मनलाई डँढेलो लाउन म सक्तिन
बरु मलाई चोट देऊ अचानो भई सहिदिन्छु
यो दुखाइ बोकी छातीभित्र म सधैं तिम्रो भइरहन्छु

माया गरेर तिमीलाई पिंजडामा राख्न म सक्तिन
पँखेटा लागेको यो मनलाई उड्नलाई रोक्न म सक्तिन
बरु मलाई आँधी देऊ हिउँ पहिरो भई सहिदिन्छु
पिडाहरु बोकी छातीभित्र म सधैं तिम्रो भइरहन्छु

शब्द/संगीत – गणेश रसिक
स्वर – सम्भु राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *