लिप्त भएर
रस चुस्दै भवरा
फूल अस्तायो
घाँटी भिजेन
मेलम्चिको पानीले
उपत्यकामा
रगत वगे
माकुराको जालमा
प्रकृती मर्दा
जस्ताको त्यस्तै
नेपालको अवस्था
नया नेपाल
लाजले वुद्ध
विदेश पलायन
शान्ति खोज्न
हेर्नेको भिड
दुईभित्ते कपडा
फेशन रोग
