Skip to content

तिमी आमा बनेर आउनू


अर्को जन्ममा विश्‍वास गर्छ्यौं कि गर्दिनौं
यदि गर्छ्यौं भने
तिमी आमा बनेर आउनू
एउटी स्नेहकी प्रतिमूर्ति आमा बनेर आउनू
जसको न्यानो काखमा
म हरपल लडिबूडी खेलेर
आफ्नो अपार प्रेमको
निश्‍चिन्त रूपमा अभिव्यक्त गर्न सकूँ।

शीशिर बल
२०५३-११-०९, त्रिचन्द्र कलेज काठमान्डौं

1 thought on “तिमी आमा बनेर आउनू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *