यो त सहर हो बाबै
भवनको त लेस मात्र पनि कुरा नगर
स्वार्थ र पैसाले मुर्दा भएका छन्
यहाँका मान्छेहरू
त्यसैले मितेरी गाँस्ने सोच्
पटक्कै नराख
बरु कतै दलदलमा
नराम्ररी भास्सिएलाउ तिमी पनि
होसियार, पवित्र, अपवित्र
पाप, धर्म, संस्कृतिको केही
मतलब हुँदैन यहाँ
यो त सहर हो बाबै!!
शीशिर बल
मीनभवन, काठमान्डौं
