Skip to content


साल्पा पोखरी
मनमा सल्बलायो
निर्मल पानी
प्रकृति धरोहर
स्वर्गको अनुभूति ।

नियतिभित्र
खै! के दुखेर कुन्नि
रारा रसायो
विगतको सम्झना
वर्तमान वृत्तचित्र ।

चञ्चले मन
घडीफूलहरुको
कुठराघाती
जुनको पर्खाइमा
पूणिर्मा रातहरु ।

ओठको हाँसो
चौंरीखर्च साँचेर
चिमालजस्तै
मेरो धवलागिरी
जलजला फुलायो ।

भेडीको ऊन
बुकीको जराभित्र
न्यानो सिरक
फिसफिसे पानीको
सुनौलो जिन्दगानी ।।

-भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *