आज सञ्जयको चित्त रूँदै भन्छ- धनञ्जय !र्
पर्ख ! पर्खिरहे पुग्छ ! जित नै हुन्छ निश्चय
सत्यको जित नै हुन्छ आत्तिनु हुन्न सत्यले
कहाँ युद्ध जितेको छ- अन्याय र असत्यले –
अबको युद्धमा त्रि्रो स्वयं गाण्डीव हार्दछ
बाँच्नेको के कुरा गर्नु ! मर्नेले पनि मार्दछ
युद्धले युद्ध जित्दैन, युद्ध हार्दैन युद्धमा
जित्नेको युद्ध चाहिन्छ खुदै युद्ध विरूद्धमा
अन्यायी जनको हत्या गरी अन्याय मर्छ र –
सोच ! खोज ! कतै हत्या-हिंसाले धर्म गर्छ र –
यो युद्ध कसका लागि – को मर्दैछ यो युद्धमा –
यो दिव्य प्रश्न हो, सोच ! लड्छौँ कस्का विरुद्धमा –
जता हर्ेर्छर्ुुतै देख्छु- अहंकार छ युद्धमा
मान्छे हैन अहंकार लड्छ शान्ति-विरुद्धमा
यो धर्म हो भने पार्थ ! अधर्म कुन कर्म हो –
यही कर्म भए राम्रो कुन चाहिँ कर्ुकर्म हो –
तिमी बाघ बनेका छौ खेलिने बाघचालमा
बाख्रा खाएँ भनी मख्ख पर्दैछौ मोहजालमा
पश्चाताप हुने नै छ आउँछौ जब होशमार्
र्सवनाश भई सक्छ त्यो बेलासम्म जोशमा
धनर्ुधारी नहौ पार्थ ! विश्वास जित्नर्ुपर्दछ
मन जित्ने बनी सारा भावना जित्नर्ुपर्दछ
रक्तको बीज रोपेर शान्तिको फल फल्छ र –
रक्तरञ्जित पानीमा उज्यालो दीप बल्छ र –
