Skip to content


नेपालगन्ज, क्षत्रिक बच्चा, छुवत है पउवाँ,
घिन से छुवत है ना
बडा मनैवा, होत है दिल से,
जतियस् होत है ना…

अनौठो नमान्नुस्, यी पंक्ति ‘मुनामदन’ खण्डकाव्यका सूक्तितुल्य पद्य ‘क्षेत्रीको छोरो… मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ नै हुन् । लोक झ्याउरेका पारखी लोकनाथ बर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृतिलाई अवधी भाषामा अनुवाद गरेर बजारमा ल्याएका छन् ।

‘झ्याउरेको मिठास अवधी भाषामा पनि उस्तै छ,’ अवधी ‘मुनामदन’ ले पनि उत्तिकै जनपि्रयता पाउने विश्वाससाथ नेपालगन्जवासी बर्माले भने, ‘यही लोभले अनुवाद

गरंे ।’ पूर्वशिक्षक बर्मा अवधी भाषाको साप्ताहिक ‘ग्रामदीप’ का सम्पादक र टेलिफिल्म निर्देशक पनि हुन् ।

दुई दशकभन्दा बढी अंग्रेजी पढाएर रिटायर उनी पछिल्लो समय अवधी भाषाका टेलिभिजन रिपोर्ट, डकुमेन्ट्री र टेलिफिल्म निर्माणमा सक्रिय छन् । अवधीभाषी समुदायलाई केही नयाँ दिन ‘मुनामदन’ अनुवाद गरेको उनले बताए ।

‘त्यो खण्डकाव्यका ठेट नेपाली उखान र शब्द अनुवाद गर्न भने हम्मेहम्मे पर्‍यो,’ उनले भने, ‘कतै नेपालीसट्टा अवधी उखान राखेको

छु ।’ साग र सिस्नोको सट्टा माडी-गोलाथी राखेर उनले ‘हातका मैला, सुनका थैला के गर्नु धनले…’ लाई यस रूपमा अनुवाद गरेका छन्-

हथवक् मैली, सोनवक् थैली,
का होई धनवा से
माडी-गोलाथी, खाब् है बढिया,
प्रसन्न मनवा से…

पूरै कृति अनुवादमा उनलाई तीन महिना लागेको थियो ।

‘टाइपिङ र छपाइ ढिलो हुँदा खण्डकाव्य बजारमा ल्याउन एक वर्षजति लाग्यो,’ अवधी भाषामा म्युजिक भिडियो बनाउने तयारीमा लागिरहेका उनले भने ।

देवकोटालाई समेत सर्वाधिक मन परेको ‘मुनामदन’ का हिन्दी, मैथिली, भोजपुरी, अंग्रेजी, जर्मन लगायत अनुवाद आइसकेका छन् ।

1 thought on “अवधीमा मुनामदन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *