मायामा साथ दिन्छु भन्थ्यौ तर पाए घात अचेल,
एकोहोरो माया भयो दोहोरो भएन कहिल्यै
चाख्दै हिँड्ने मायालुको तर पाइन साथ अचेल ।
मायामा साथ दिन्छु भन्थ्यौ तर पार्यौ घात अचेल
निष्ठुरीले धोका दिँदा सबै टेन्सन माथमा अचेल
छोडिजाने निष्ठुरीको बस्न पाइन साथमा अचेल
मलाई छोडी अर्कैसँग गयौ तिमी म माझ अचेल,
तर त्यस्तो नदोर्याउ है गर उसमै राज अचेल
तिम्रै वियोगले तड्पिराछु बिहान नि लाग्छ साँझ अचेल
भौतिक सुख दिन सक्दिनथें होला त्यसैले मार्यौ लात अचेल
यस्तै गरी नछोड है उसकै देऊ साथ अचेल
जुनीभरि साथ दिन्छु भन्थ्यौ तर पाएँ घात अचेल
चाख्दै हिँड्ने मायालुको धेरै पाएँ लात अचेल
त्यसैले त निष्ठुरीको छोडिदिँदै छु साथ अचेल ।
-पकवादी, स्याङजा
हाल ः अलखोर, कतार
