Skip to content

म त्यै बालक हुँ
जसले भनेको थियो
“ऊ त नाङ्गै छ ।”

अश्वत्थामा मृत्युका युधिष्ठिर सत्य बोल्न सकिँदैन
धेरै धेरै गुमाइसकियो
खण्डित आशाका टुक्राहरू –
इतिहासदेखि वर्तमानसम्म छरिएका छन्
तर पनि
सपनाका हत्याराहरू ‘उद्धरण’ पस्किरहेका छन्
अब त्यो भाषण श्रवण गर्ने धर्ैय सहन सकिँदैन
अभिशप्त पर्ुखाको नियतिको पुनरावृत्ति
अब थेग्न सकिँदैन
त्यसैले म सडकमा ओर्लिएको छु
प्रश्न गर्दै –
किन फेरि स्वप्नविहीन बनाउन खोजिँदैछ –

आज म एक्लो छैन
मसँगै जमात थपिँदै गइरहेको छ
आज हातहरू भाँच्न सकिदैँन
अब आवाजहरू कुल्चिन सकिँदैन
उज्यालाका स्थायी गुँड बनाउन तम्सिएकाहरू
समवेत स्वरमा भन्दैछन् –
ऊ त नाङ्गै छ,
ऊ त नाङ्गदिैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *