Skip to content

त्यो जून
तिमीले हेर्दा तिमीजस्तो हुन्छ

एक्लो एकान्ते
बादल जस्तै उड्छ सम्झना
र पानी जस्तै दर्किन्छ पीडा
तिमी भित्र पनि म भित्र पनि,
उस्तै छ आकाश
तिम्रै मन जस्तो-चौडा
तिम्रै अनुहार जस्तो चम्किन्छन् हररात ताराहरु
र लजाउँछन् एक अर्कासँग
त्यसैले त्यो जून
तिमीले हेर्दा म जस्तै हुन्छ
र मैले हेर्दा तिमीजस्तै हुन्छ

बैंशको गल्छेँडामा उभिएर सोचिरहेछन्
कुमारीहरु
साँच्चै त्यो जून
प्रमीजस्तो हुन्छ कि प्रेमिका जस्तो?

1 thought on “जून”

  1. Wow~~!!
    I am reallly great

    Wow~~!!
    I am reallly great fan of Anmol ……..
    I love ur all articles.
    Ujwal Adhikari
    Tongmyong University
    KOrea
    Nepal: Triyuga Municapality-1 Udayapur.

Leave a Reply

Your email address will not be published. Required fields are marked *