Skip to content

यो दुनियाँ अचम्म लाग्छ
हेर्दाहेर्दै,
देख्छु यहाँ जूकै जूका छन।
हेर्दा न मुख देखिन्छ
न नाक अनि आँखा नै,
लुकेर आउछ सल्बलाउदै
टप्प टासिन्छ थाहै नपाई
शरीर रगताम्य पार्दै
आफ्नो भोक मेटाई रहेछ
शायद पेट्भरेपछी
शरीर को काम हुने छैन
तरपनि ,
छोड्दैन शरीर
किनभने यो त जूको हो
न सोच्न सक्छ
न बुझ्न नै
एउटा परजीबी।
न चुस्न छोड्छ
न बास्थान नै
यो जूकै जूकाको दुनियाँ
यहाँ त उनिहरुकै रजाइँ चल्छ
न्याय पाउन यहाँ उनीहरु संगै चुसिनु पर्छ

2 thoughts on “जूका”

  1. गजब रहेछ है ,सहित्यिक कलम
    गजब रहेछ है ,सहित्यिक कलम पनि, लेख्दै जावोस एसै गरी।
    अलिकता थपु है त ,
    चुसिने र उसै सँग? उस्लाई त चिन्नु पर्छ ,
    चिनेर त्यो जुका फेरी, आफु टाढा बस्नु पर्छ।
    लेखे को मात्रै हो है, जुका चिन्न त गारै हुन्छ। राम्रो लाग्यो तपाईंको कबिता।
    suphi

Leave a Reply

Your email address will not be published. Required fields are marked *