सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन
चिन्ताको तापले हरपल जलेको छ दनदन
खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो
कहिले म माथि पर्यो अराजकताको पासो
हरेक चोटिको परिवर्तनले आश पलाउछ
फेरि त्यहि तितो यथार्थ सामुन्ने आउछ
जो आए नि ममाथि किन तान्डवनै गर्छन
कोहिनकोहि हरेक दिन द्वन्दको चपेटामा मर्छन्
मेर सन्तानहरु हर दिन बिदेशिदै छन
रोक्ननी के भनेर रोकुम अकमक्क छ मन
सहनशिलताले अब त पराकाष्ठा नाघिसक्यो
सहदा सहदै गोली चल्यो रगतको खोला बग्यो
तै पनि खोइ त कहाँ आयो परिवर्तन
हे बिधाता आज तिमीसँग शान्तिको भिक माग्दैछ
यो नेपाली आमाको मन, नेपाली आमाको मन

desh bhakta bokera bhab ma
desh bhakta bokera bhab ma dubnu ra aafno janma dine aama lai samjhanu bhaeko ma muri muri dhanya bad.
bhakta bahadur godar