म कमाउन अरब गएको छ महिना भइसकेको थियो । साउदी अरेबियाको एउटा कम्पनीले मोजरा -खजूरको बगैँचा) मा काम दिएको थियो । मैले खजूर टिप्ने काम गर्नुपथ्र्यो थुप्रै कामदारहरूसँगै ।
मेरो तलब ५०० साउदी रियाल थियो । अस्ति मात्र श्रीमती बानोको नाममा रु. ३० हजार पठाएको थिएँ र फोन गरिदिएको थिएँ- बानो, तिम्रो नाममा रुपियाँ पठाइदिएको छु । ईदको खर्च पनि यसैमा छ, लिनु ।
“कति रुपियाँ पठाउनुभएको छ ?”
बानोले सोधेकी थिइन् ।
“३० हजार ने.रु. ।”
मैले उताबाट जानकारी दिएको थिएँ ।
एकदिन बानोले पनि फोन गरिन् र भनिन्- “समसाद, कोही घर आयो भने तपाईंले टिपेको चिनो खजूर पठाइदिनु होला ।”
झण्डै तीन वर्षपछि अरबबाट कमाएर फर्कें म ।
तत्कालै भाइहरू मेरो आँगनमा देखिए । भेटघाटपछि भाइहरूले भन्नथाले- “दादा, केही चिनो त दिनोस् ।”
“के चिनो दिने ?”
मैले सोधेँ ।
“एउटा घडी नै भए पनि दिनोस् ।” भाइहरूले भने ।
“घडी त ल्याएको छैन । खजूर मात्र ल्याएको छु, लेऊ ।”
मैले भाइहरूको हातमा एकएक मुठी खजूर राखिदिँदै भनेँ । भाइहरूले खजूर त लिए तर त्यही दिनदेखि बोल्नै छोडिदिए ।
बहिनीहरू पनि मलाई भेट्न आए र भने- “हामीलाई केही चिनो दिनोस्न, दादा ।”
“के चिनो ?” मैले सोधेँ ।
“एउटा-एउटा माला नै भए पनि दिनोस् ।” बहिनीहरूले भने ।
“माला त ल्याएको छैन । यही खजूर मात्र ल्याएको छु ।”
मैले बहिनीहरूलाई देखाउँदै उनीहरूको हातमा एकएक मुठ्ठी खजूर राखिदिँदै भनंे ।
त्यसपछि त बहिनीहरू पनि माइत नै आउन छोडिदिए ।
श्रीमती बानो भने पैसा जति लिएको ऋण तिर्दैमा सकिए पनि त्यही खजूरमा रमाइरहेकी थिई र खजूर टिप्दा भाँच्चिएको मेरो हातमा मल्हमपट्टी गरिरहेकी थिई ।
-सोनपुर-९, बाँके

sara nepali ko jiwan esarinai
sara nepali ko jiwan esarinai biti raheko chha hajur yo katha haina yo ta real life ho sabaiko jiwan ma ghateko ghatana
hajurko haat sayad abata thik bhayo hola hat ma malam lagaidine hajur ki sanginilai mero namaskar ani risaeka bhaiharu lai narisauna ani chelilai aafno maiti lai bhetna ko lagi agraha gardai
hajurko pragitiko kamana gardachhu.
thank you
Bhakta Bahadur Godar (aashis2000)