Skip to content

एकदिन स्याल र उँटको भेट भयो । अचानक उँटलाई देख्नेबित्तिकै स्यालले उँटसाग उसको परिचय माग्यो र आˆनो परिचय पनि दियो । यसरी परिचयको आदान प्रदान भएपछि उनीहरू एक अर्काको अभिन्न मित्र बने । आˆनो गाउँमा एक्कासि उँटसाग भेट गर्ने सुवर्ण अवसर पाएको सुखद उपलक्ष्यमा स्यालले उँटसाग मित लाउने प्रस्ताव राख्यो । प्रस्ताव स्वीकृत भयो । उनीहरूले ‘मित’ लगाए र त्यस रात स्यालको अनुरोधमा उँट पनि मितको घरमा बस्यो । भोलिपल्ट बिहान भयो । समयमै उँट र स्याल दुबै ब्याँझिए । बेला यस्तै हिउँदको थियो । मितहरू दुबै बसेर सल्लाह गर्न थाले । स्यालले भन्यो- “मितज्यू ! अब आजको योजना म बनाउँछु, त्यसैअनुरूप चलु, भोलिको लागि तपाईं बनाउनुहोला, हुन्न ?” उटले मित्रको कुरा मञ्जुर गर्‍यो ।

उनीहरू बसेको गाउबाट पारिपट्ट िमाझीगाउ स्पष्टै देखिन्थ्यो । रातभरी माझी गाउमा कुखुरा बासेको सुनेर स्यालको मुखबाट र्‍याल चुहिरहेको थियो तर माझी गाउ पुग्न उसलाई एक ठूलो समस्या थियो, किनभने तल फेदीमा शान्त, गम्भीर र विशाल अरुण नदी बगिरहेको थियो । नदी कसरी पार गर्ने स्याल यही सोचमा थियो ।

निकै बेरसम्म वातावरण शान्त भयो । स्याल केही बोल्न सकिरहेको थिएन । त्यसै घोरिएर बसिरहेको देखेर उटले भन्यो- ‘मितज्यू ! खै त तपाईंको योजना ? किन के सम्भिmन थाल्नु भयो ? स्याल पीडा मिश्रति भावमा अलिकति हास्यो । उसले भन्यो- “योजना त बनाइसकेँ, तर एउटा समस्याले गर्दा पो…!”

वाक्य पूरा हुन नपाउँदै सोध्यो- “कस्तो समस्या ? भन्नोस् न, तै म पूरा गर्न सक्छु कि ?”

“ऊ पारि माझिगाउँ देख्नुभो, मितज्यूले ?”

उँटले गर्धन उठाएर हेर्दै भन्यो- “देखेँ ।”

“वस त्यहाँ एउटा माझीको ठूलो उखुबारी छ । आज त्यही माभ mीगाउF पुगेर उखु खाने मेरो विचार छ । तर त्यो हामी जाने पहाडको फेदीमा अरुण नदी बगिरहेको छ । त्यो कसरी पार गर्ने ? यही समस्या मैले सुल्झाउन सकिन ” स्यालले अलि खुसी भएर भन्यो ।

हिजो खाना पर्याप्त खान नपाएकाले उँटलाई पनि केही भोक लागिरहेको थियो । स्यालको कुरा उसलाई चित्त बुझ्यो र भन्यो- “मितज्यू ! म हुदाहुँदै पनि त्यो समस्या के समस्या ? तपाईं मेरो पिठ्यूँमा बस्नोस्, हामी दुबै सुविस्तासाथ पारि पुगौला ।”

उटको दरो आट देखेर खुसी हुदै स्याल अघि लाग्यो र उट उसको पछिपछि लाग्यो ।

स्वभावैले स्याल छट्टु र अविश्वासी हुन्छ । ऊ सोच्दै हिड्न थाल्यो- “साथीलाई लगेर उखुबारीमा छोड्नुपर्‍यो र उसलाई झुक्याएर बारीको छेउतिर बसेर कराइदिनुपर्‍यो । गाउलेहरू “उखु खान पसेछ” भनी हस्याङ्ग फस्याङ्ग गर्दै बारीतिर पस्छन् । आˆनो पालो हिजो रातभरि बासेको भालेचाहि निखार्नुपर्ला Û यस्तै कुरा सोच्दै दुवैजना फेदीमा पुगे । नदी अविरल बगिरहेको थियो ।

नदीतिर ओर्लदै उँटले भन्यो- “लौ त मितज्यू ! आउनोस् मेरो पिठ्यूमाथि बस्नोस् ।” स्याल रमाउँदै पिठ्यूमा बस्यो । ऊ मनमनै सोच्दै थियो- “आज भने माझीको कुखुरा पनि तुर्ने भए, साथीलाई पनि गोदाई खुवाउने भए ।”

दुबै पारि पुगे र उकालो चढ्न थाले । उकालो त्यति लामो थिएन र छिट्टै दुबैजना उखुबारीभित्र पुगे । बारीभित्र पुगेपछि स्यालले अलिक छेउतिर देखाउदै भन्यो- “यता होइन मितज्यू, अलिक परतिर गएर खाउFm, यता त माझीले देख्ला ।”

स्यालको चलाखीबारे उटलाई केही थाहा हुनसकेको थिएन । हिजोदेखिको भोक उाट बारीभित्र पस्नासाथ उखु गमक्र्याउन थाल्यो । एकसुरमा गमक्र्याइरहेको थियो, त्यसबेला उसले आˆनो छट्टु मितको पनि ख्याल गरेन । त्यसैबेला तुरुन्तै केही पर स्याल कराएको सुनियो । उटले सोच्यो उखु चपाउन सकेन, अड्कायो होला मितज्यूले र कराएको होला, त्यत्तिकैमा गाउलेहरू लाठी लिएर बारीभित्र पसे र सोझो उटमाथि लाठी वषर्ाउन थाले । उट कराउदै भाग्यो ।

उँट स्यालदेखि सारै रिसायो । लाठीको मारले बालुवामा लम्पसार परेर सुतिरहेको थियो । स्याल पनि हस्याङ्गफस्याङ्ग गर्दै उटनिर आएर भन्यो- “मितज्यू ! तपाईं यहा कति खेरदेखि आएर बस्नुभो ? मलाई त झण्डै माझीहरूले मारेको, भागे भेट्नै सकेनन् ।” स्याल बनावटी स्वाग गरिरहेको देखेर ऊटलाई अझ रिस उठ्यो । उसले भन्यो-“मितज्यू ! तपाईं धोकेवाज हुनुहादोरहेछ । साथीले साथीलाई धोका दिनुजस्तो ठूलो पाप केही होइन, बुझ्नुभयो ?”

“होइन मितज्यू ! मेरो त खाना खानुभन्दा अगाडि गीत गाउने बानी थियो” स्यालले भन्यो ।

“त पहिले नै त्यसो भन्नुभाको भए म पनि तपाईंले गीत गाई सकेर मात्रै बारीमा पस्थे नि !” उट रिसाइरहेकै थियो । कसरी साटो फेर्न सकिएला भनी उट सोचिरहेको थियो ।

“लौ त उठनोस् मितज्यू ! हिउदको दिन छोटो हुन्छ, अहिले एकैछिनमा मिलिक्क घाम जान्छ । अब लागौ आˆनै गाउतिर । फेरि माझीहरूले थाहा पाए भने यही आएर पनि बजाउन बेर छैन” उटले भन्यो । स्याललाई पनि के थाहा उटले पनि अघिको साटो लिन्छ भनेर । उट बिस्तारै उठ्यो र केही नबोली नदीतिर लाग्यो । स्याल गएर अघि जस्तै पिठ्यूमा बस्यो र आफूलाई बाठो सम्झेर अलिअलि हास्न थाल्यो । उट नदीको बीचमा पुगिसकेको थियो । बिस्तारै बोल्यो- “मितज्यू ! तपाईंको खानुभन्दा अगाडि गीत गाउने बानी रहेछ, मेरोचाहि खाइसकेपछि नुहाउने बानी छ बुझ्नुभयो ?” भनेर नदीमा एकपल्ट डुबुल्की मात्र मारेको थियो स्याल पानीमा चुर्लुम्म भयो । नदीको गहिराइमा उसको केही जोड चलेन । उट पारी तर्‍यो । स्याल पानी खादै, कहिले डुब्दै, कहिले खोलामा उत्रादै बगिरहेको थियो । स्यालको त्यो गति देखेर उट किनारमा उभिएर हास्न थाल्यो ।

साथीलाई धोका दिनुहुदैन । धोका दिएपछि उसले पनि एक न एकदिन बदला लिन्छ भन्ने कुरा पनि बिर्सनुहुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *