ढाकिएको कालो आकाश
गर्जिंदै मेघ
चिसो हावाको घचेटाईमा
टालिँदै फाट्दै गरेका बादल
एकनासे झरी
अनि रुझेर
निथु्रक्क हिलाम्य खेतहरु ।
सुनसान गाउँको गोरेटो
भिजेको बैंसको रुखमुिन
पानी छेक्दै
एकैछिन म ।
अगाडी झ्यालमा
आधा भित्र आधा बाहिर
उभिएका तिमी
पानीका छिटा
तिम्रा केशहरु भिजाउँदै
मेरो अन्तर मनमािथ
तपतप ।
नबोली बोल्ने
तिम्रो हेराईको
सम्मोहनमा बाँधिएर
गाला भै बग्ने
पानीका स साना धारहरुसँग
अनायस
म बगिरहें
तिमी बगिरह्यौ ।
धेरै लामो बगें
बग्दै समयसँग सम्झन्छु
आँखामा टाँसेको
एक टुक्रा झझल्को
सानोमा मैले सुनेको
दन्त्यकथाको
मात्र कतै कुनै
एकादेश त थिएन ।

बिहानी उज्यालोलाई पर्खंदै
बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, शुभ 2066 को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँ बसन्त को पालुवा ले सजियोस
मझेरी र यसका पाठकहरुमा नयाँ
मझेरी र यसका पाठकहरुमा नयाँ वर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना!!
मझेरी र यसका पाठकहरुमा नयाँ
मझेरी र यसका पाठकहरुमा नयाँ वर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना!!
सुषमाजी, मलाई हजुरको थपक्क
सुषमाजी, मलाई हजुरको थपक्क मनभित्रै बस्ने गरी लेख्ने तरिका असाध्यै मन पर्यो ! पढ्दै जादा आफैलाई घटेको जस्तो भैदिन्छ–:)
-आश्मा
liked it.
liked it.
thank u to all reading and
thank u to all reading and liking my gazal.
its a strong encouragement.
hope to get comments on future too.
susma manandhar
somewhere lost dreams who can
somewhere lost dreams who can say when and where than comes as like gajal. bhawani limbu
सुनसान गाउँको गोरेटो
भिजेको
सुनसान गाउँको गोरेटो
भिजेको बैंसको रुखमुिन
पानी छेक्दै
एकैछिन म ।
sushmaa jee bimba ra shabda maa ojan sarhai man paryo .