धेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू
यादमा डुबी बाँच्ता रैछन मुटु जोडेर बस्नेहरू
लाग्ने हैन थकाइ नै पिरतीलाई कुर्नेहरू
पर्खाइमै मर्दा रहेछन् साँचो माया गर्नेहरू
छाडिगयौ किन तिमी दुनियामा एक्लै मलाई
आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई
थाहा थियो तिमी बिना बाँच्ने आधार छैन अरू
तिम्रो वियोगमा जलिरहें यत्तिकैमा मर्छु बरू
दैव पनि भो बैगुनी पारिदियो हाम्रो बिछोड
सँगै पनि जान देन केवल दियो मुटुमा चोट
पलपल सम्झनामा आउँछौ तिमी म के गरूँ
साँझमा दियो बाली कुर्छु निभेर जाँदा सँगै मरूँ
गीत – ललिता कुँवर
स्वर – स्वरूपराज आचार्य
संगीत – अर्जुन नेपालीको

The Song is Here.
The Song is Here.