आउ नयाँ बर्ष तिमीलाई स्वागत छ
दुखेका दर्दहरुलाई वीरसिएर आउ
बिछोडिएका २ मुटुहरुलाई मिलाउन आउ
हत्या हिङ्सा तोड फोड लाइ रोक्न आउ
नयाँ नेपाल को मुहार फेर्न आउ
साइला र साइली को माया प्रितीलाई जोगाउन आउ
आउ आउ आउन आउ तिमी आउ
भिजेक परेलिहरुलाई सुकाउन आउ
सुरिला लोक-भाका हरुलाई जगाउन आउ
आउ तिमी आउ अनि सारा नेपाली को घर दैलोमा छा उ
गरीब का झुपडीमा गास बास कपास बनेर आउ
अनि शाहीद का परिवारका मुहारमा खुशी बोकेर आउ
दलिद का घरमा अधिकारको पोको खोलिदेउ
अनि भनि देउ,
“छेत्री को छोरो यो पाउ छुन्छ घिनले छुदैन
मानिस् ठुलो दिल ले हुन्छ जातले हुँदैन”
शान्ति को दूत छर्दै आउ
बिहानिको किरण सबैमा छ रि देउ
तिमीलाइ शुभ कामना, मुरी मुरी शुभ कामना
फुल का गुच्छा अनि पवित्र २ मुटुको मिलनले स्वागत गर्दछु
तिमीलाई स्वगगत गर्दा मलाईपनि मेरो उमेरको अर्को बर्षले स्वागत गरे जस्तो लाग्छ
बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, शुभ 2066 को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँ बसन्त को पालुवा ले सजियोस
सम्पूर्ण देश तथा बिदेशमा रहनु भएका नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुमा मेरो तर्फ बाट नव बर्ष २०६६ को हार्दिक मंगलमय शुभ कामना
Bhakta Bahadur Godar Thapa (aashis2000)
Ilam Nepal, Haal Saudi Arabia, email: aashis2000@yahoo.com
