Skip to content


चारैतिर हरियाली वातावरण, ठूलाठूला पहाड वरिपरि डाँडाले घेरिएको बीचमा एउटा सानो गाँउ छ । सबै जातजातिको बसोबास भएको धेरैजसो घरहरु बाहुन र क्षेत्री अनि एकदुइ घरलाइ सानो जात भनेर हेप्ने गरिएको छ । त्यस परिवारमा तीनजना सदस्यहरु छन् । बाबाको नाम सुनिल, आमाको नाम सुनिता र एउटा भर्खर डेढ वर्ष पुगेको सानू बालक उसको नाम चै सागर । जातिको आधारमा सानो भएता पनि उनीहरुको हृदय सफा र ठूलो छ । आफ्नो गाउँ, समाज र देश परिवेशलाई औधी माया गर्छन् । त्यही समाजमा एक घर अलि धनि थियो । गाउँलेहरु उक्त घरलाई मुखिया बा को घर भनेर चिन्दछन् । मुखिया बाहुन जातिको ब्यक्ति थिए । उनले घरमा एकजना भान्छे बाहुन राखेका थिए ऊ बाहेक अरुले पकाएको खाना उनि खादैनथे । उसको पनि एउटी छोरी थिई, उनको नाम पूजा थियो ।

सुनिल ज्यादै मेहनती थियो । उसको काम भनेकै अरुको सामान बनाएर घर घरमा पु-याउनु थियो । विवाह गरेको धेरै समयको अन्तराल पछि उनीहरुको सन्तान भएको थियो । सुनिता पनि आफ्नो श्रीमानलाई सघाउने गर्दथिइन । सधै गाह्रो काम समाजको अपहेलना सुनिल कहिले काही खिन्न हुन्थ्यो । थर के चरोस उसको कर्म नै त्यस्तो थियो । पानी लिन पधेरोमा जादाँ सबै भन्दा पछि उसको पालो आउँदथ्यो । कुनै पनि बेला मन्दिर प्रवेश गर्न पाउँदैनथ्यो । यो सब उसले सहेर नै बसेको थियो । एक दिन अचानक सुनिल बिरामी प-यो,गरीब परिवार घरको मूल खम्बा नै ढलेपछि अरुलाई गाह्रो त परहाल्ने नै भयो । गाँउघरको रुढीवादी चलन धामी झाक्रीको भर गरियो । धेरै दिन धामीको बाटो हेर्दा पनि कम नभएपछि सुनिता चिन्तित भइन् । ऊ गाँउ कै प्रा.वि. तह सम्म पढाइ हुने स्कुलमा जान थालेको थियो । पूजा पनि सागरसँगै स्कूल जान्थी । सागरको बाबालिएर अस्पताल जाने त भनियो तर घरमा पैसा छैन । घरमा कमाउने व्यक्ति नै बिरामी भएको थियो । उनले मुखियख बासँग केही रकम ऋण लिएर आफ्नो लोग्नेलाई अस्पताल लैजाने निर्णय गरेर भालिपल्ट बिहानै मुखियाको घरमा पुगिन् र मुखिया पनि पिढीमा रहेको खाटमा बसेर तमाखु तान्दै थिए । सुनिताले मुखियालाई नमस्कार गरेर पिढीमा बस्न लागेकी थिइन । तर मुखियाले भने – “हैन ऐ सुनिता तँ काँहा मेरो घरको पिढीमा बस्न लागेकी हँ त्यही आँगनमा बस ।” सुनिता गह्रौ मन लिएर त्यही आँगनमा बसी । अनि मुखियाले नै कुरा सुरु गरे ।

मुखिया के काम पर्žयो र आज बिहानै मेरो घरमा आइस् सुनिता ।

सुनिता – के काम हुन्थ्यो र हामी जस्तो गरीबको तपाईसँग, तपाइँले केही सहयोग गरिदिनुपर्žयो भन्न आएकी । सुनिताले हातजोड्दै भनिन् ।

मुखिया – हैन, के घुमाउरो कुरा गरेको सिधै भने त भइहाल्छ नि ।

मेरो श्रीमान बिरामी भएको धेरै दिन भइसक्यो धामी पनि लचाए कै हो तर केही कम भएन । अस्पताल लैजाउ भनेको घरमा पैसा पनि छैन । त्यसैले तपाइँले केही सहयोग गर्नुहुन्छ कि भनेर आएकी ।

ए कसरा त्यस्तो पो ।अनि कति रकम लान्छेस,

त्यही तीन हजार नति पाए हुन्थ्यो ।

मुखिया, धरौटी राख्ने कुरा के लिएर आएकी छौ ।

सुनिता – अरु के छ र हामीसँग – त्यही पाख्रो बारीको लालपर्ुजा लिएर आएकी छु ।

मखियाले कागजमा केही कुरा लेख्न थाल्छ)

मुखिया – ल यहाँ छाप लागाऊ

साँचै गाँउको मानिस पढ्न लेख्न जानेकै छैन । सुनिताले कागजमा औंठो छाप लगाइदिई ।

मुखिया भित्र गएर तिन हजार झिकेर ल्याए र सोधे कति समयमा चुक्ता गर्छे

सुनिता – छ महिनाको समय दिनुहोस् ।

मुखियाले हुन्छ भनेर छ महिना भएपछि बुझाउनू ब्याज समेत गरी अलि बढी हुन्छ भनेर पैसा सुनिताको हातमा राखिदियो । सुनिताले उसलाई धन्यवाद दिइन् र आफ्नो बाटा लागिन् र घर गएर अस्पताल लैजानको निम्ति सामानहरु तयार पारिन् र आफ्ना अन्य दाजुभाइलाई भनेर अस्पताल लागिन । घरमा सागर एरकलै थियो । उसकी काकीले सागर्रलई आमाबाबा नआउनजेल मेरो घरम बस भनेर आफ्नो घर लगिन् । सुनिललाई पनि अस्पतालमा लगेर उपतार गरेपछि अली कम हुदै आयो । बिस्तरबिस्तार हिंडेर घर ल्याइयो समय बित्न कति नै लाग्दछ र सागर पाँच पुगेर छ बर्षलागिसकेको थियो । सुनिलले ल्याएको बुझाउने समय पनि आइसकेको थियो । तर उनीहरुले रकम जम्मा गर्न सकेका थिएनन् । एकदिन बिहानै सुनिल उठेर बाहिर बसिरहेको थियो । तर उनीहरुले रकम नम्मा गर्न सकेका थिएनन् । एकदिन बिहानै उठेर बाहिर बसिरहेको थियो । उसले देख्यो कि परबाट मुखिया चारपाँच जना सहयोगीको साथ उसैको घर तर्फआइरहेका थिए र सुनिता पनि निकै डर्राई। मुखिया सुनिलको आगनमा आइपुगे । सुनिलले पनि आदरसाथ मुखियालाई बस्नुहास् भन्यो तर मुखिया जंगिदै बाल्न थाले ।

मुखिया – म तिमीहरुको घरमा बस्न आएको हैन – सुनिताले बिर्सिन् कि क्या हो, ऋण तिर्नुमर्दैन – समय सकिएकोपनि एक महिना भइसक्यो कि रकम बुझाउने नत्र भने घरबारी मेरो भयो ।

उनीहरुले रुँदै बिन्ती गर्न थाले, हामीले बिर्सिएका हाइनौ भएको भएत लिएर आइहाल्ने थियौ नि । अब छ महिनाको समय दिनुहोस् न हामी जसरी भए पनि तिरौला । ल उसो भए हुन्छ छ महिना पछि त घरमा आउनु नपरोस् ।घरमा आउनुपर्žयो भने घरबारी सबै मेरो हुन्छ । भन्दै मुखिया आफ्नो बाटो लागे । मुखिया गएपछि उनीहरु अन्योलमा भरे र अन्तमा सुनिलले शहर जाने निर्णय गर्žयो । भोलिपल्ट बिहानै सुनितालाई सम्झाएर भन्न थाल्यो छोरालाई निरन्तर स्कुल पठाउनु राम्ररी बस्नु म चाँडै र्फकनेछु भनेर सुनिल शहर तिर लाग्यो शहर गएर धेरै दिन पछि उरले घर बनाउने ठाउँमा काम पायो । जसरी तसरी आफ्नो मन बुझाएर बसेकी सुनिता कहिले बहुला जस्तै बर्हराउन थाल्थी अलि अलि पाँच महिना भइसकेछ । सुनिलले पनि अलि अलि गर्दै पैसा जम्मा गरेको थियो र भोलिपल्ट बिहानै घर जाने विचार गरी सुनिल सामान मिलाउन तर्फ लाग्यो । भोलिपल्ट बिहानै मुखियाको घरमा पैसा पुर्žयाउन हिड्यो । मुखिया बिरामी भएका थिए । सुनिलले साँवा र ब्याज गरेर सबै रकम बुझायो र लालपुर्जा लिएर आफ्नो घर तर्फ लाग्यो । मुखियालाई अस्पताल लगियो सुनिल पनि मुखियासँगै गएको थियो । उसको शरीरमा रगतको मेकमी भएको रहेछ, रगत पाउन निकै कठिन भयो । कतै रगत नपाएपछि मुखियाको र सुनिलको रगत मेल खायो । सुनिलले पुखियालाई रगत दिएर जीवन बचाइदियो । मुखियालाई पनि बिस्तारै निको भइसकेको थियो।

एकदिन बिहानै मुखिया सुनिलको घर तर्फलाग्यो । मुखिया आएको देखेर उनीहरु दुवै खुसी भएर मुखियालाई सम्मान साथ भित्र लगेर बसाए । मुखियाले सुनितालाई भने ।

मुखिया – सुनिता मलाई एक गिलास पानी ल्याउन कस्तो घाँटी सुकिरहेछ ।

सुनिता – मुखिया बा हामीले छोएको पानी । तपाई त बाहुन मान्छे अनि हामी दलित फेरि तपाईले हाम्रो घरमा पानी…
मुखियाले आँसु झार्दै भन्न थाले भयो अब मलाई केही नभन जबमेरो शरीरमा नै तिमीहरुको रगत बग्न थालिसक्यो पानी खान के । मलाई बल्ल आजथाहा भयो मानिसको शरीरमा एउटै रगत बग्छ भने साने ठूलो कसरी हुन्छ । हामी त सबै एउटै फलबारीका फुल हौं अब जातमुन्छ त केबल दुइवटा मात्र एउटा पुरुष र एउटा महिला । म नै अन्धो रहेछु मलाई माफ गरिदेऊ । मैले तिमीहरुलाई धेरै दुख दिए । बेइज्जत गरे भन्न पनि लाज लाग्छ । मलाई माफ गरिदेउ । तिमीहरु त मेरो आफ्नै छोरा हौ । मुखियाले सुनिललाई अंगाले हालेर उसको पिठिऊँमा थपथपाउन थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *