Skip to content


अपराध गरिन मैले भूल गरें
जस्तो सजायँ दिनु छ मलाई
भोगिदिन तयार छु

यति ठुलो संसारमाझ
लाखौं मान्छेका बिरुवाहरू छन्
कसले कसलाई चिन्न सक्ने
म पनि त त्यस्तै बिरुवा
तिमी पनि त त्यही बिरुवाका बिरुवा हौ
आफूले आफैंलाई नियाली हेर
त्यहाँ धेरै गल्तीहरू छन्
त्यहाँ धेरै भूलहरू छन्

म मान्छे तिमी मान्छे
अरु पनि छन् धेरै मान्छे
आज नदेख्ने मान्छेले भोलि देख्न सक्छ
आज भूल गर्ने मान्छे भोलि पछुताई रुन सक्छ
मान्छेले मान्छेलाई बुझिदिनु पर्छ
त्यहाँ ममता लुकेको हुन्छ
वाध्यताहरूले स्वार्थको रुप लिएको हुन्छ

शब्द, संगीत – मधुकर लोहनी
स्वर – भक्तराज आचार्य
एल्बम – हजार सपना

Leave a Reply

Your email address will not be published. Required fields are marked *