पर्देशियो भन्नीमा तिमी कहिले नरुनु
सम्झी सम्झी पठाउछु चिट्ठी तिमी नि पठाउनु
गरीबि हुनु दोष् थियो मेरो, परि गो छुट्नलाई
केही समय धैर्य् गर्नु है पृया,आउदै छु भेट्नलाई
बाबा र आमा डाडाको जुन् हुन्,मन् कहिले नदुखाउनु
जे -जस्तो भएनि चिठिमा लेख्नु,केही कुरा नलुकौनु
सानै छिन् छोरी ,सानै छ बुद्दि,सहि बाटो हिनाउनु
खोइ मेरो बाबा भनेर शोधे,तस्बीर् देखाइ चिनौनु
समय मै खोवाउनु,आफु नि खानु समय मै सुत्नु है
बिहानि मै तिमिले गर्नु छ् धेरै बेलैम उठ्नु है
दु:ख् मा बाईरि दिल् खोलि हास्छन्,मन सानु नगर्नु
समय् नै जालि छ हेर पृय,कसैको भर् नपर्नु
फरिया चोली मै लिई आउछु यो आउने दसैमा
त्रिशुलीको तिरै तिर कुद्ने,त्यो मैक्रोबसैमा!!!!
Rajesh Rumba Lama,G4S,Doha.
Reasonlama_Rumba@yahoo.com
