तिमी जून हौ मेरी, तारा हौ तिमी
मेरो सबथोक संसार सारा हौ तिमी ।
सधैँ शीतल छरिदिने, मायाले मन भरिदिने
मेरो मनको पधेँरीको धारा हौ तिमी ।
कतै तिम्रो मायाले म, मात्तिने पो हुँ कि
चोखो माया भरिएकी रारा हौ तिमी ।
मुटुविना जिउन सक्छु, सक्दिन तिमीविना
‘जीवन’ भरि साथ दिने सहारा हौ तिमी ।
तिमी जून हौ मेरी, तारा हौ तिमी
मेरो सबथोक संसार सारा हौ तिमी ।
-रूपाकोट-५, तनहुँ
