कालीपारे दाई कति राम्रो
ढाका टोपी काँधैमा गल्बन्दी
शिरमा लाउने शिरको टोपी
पाउमा लाउने जुत्ता
मन मेरो चाचल भयो
यता जाउँ कि उत्ता
बाढी आयो काली गंगा
कुनाकानी ठेल्दै
हजुरलाई भेट्न भनी
आको म त खेल्दै
कालीपारे दाई कति राम्रो
ढाका टोपी काँधैमा गल्बन्दी
हातभरी ठेला उठे
जोर कोदाली खन्दा
जुनी मेरो यसै बित्यो
भेट होला कि भन्दा
खेतीपाती नै र हुने
ठूलो रुख मुनि
मनको कुरा मनमै रह्यो
बसेकै त छु नि
कालीपारे दाई कति राम्रो
ढाका टोपी काँधैमा गल्बन्दी
शब्द – किरण खरेल
स्वर – तारादेवी
संगीत – नातिकाजी
