Skip to content

निचरेर सुकाएको आकाश

आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।

मायाको ढिस्को

धेरै बगेपछि
आँशु जस्तो पानी
सुकेर गए पनि
आकाशमा कटक्क माया लाग्ने
ढिस्को बनाएर जाँदो रहेछ ।

शब्दको किनारैकिनार

राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न
हतारहतार शब्दको किनारैकिनार दौडेँ ।

1 thought on “तीन कविता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *