Skip to content


जीवन एउटा नदी रैछ, सुकी जाने हो कि
डर लाग्छ बादल जस्तै लुकी जाने हो कि

कुनबेला खस्छ जीवन जान्न सकिंदैन
कतिखेर रुक्छ सास भन्न सकिंदैन
पानी खान नपाएर भरिने पो हो कि
मुखले माड् नपाएर गइने पो हो कि

सागरमा फुल्ने फूल कसले टिप्न सक्छ
आज हो कि भोलि हो कसले बुझ्न सक्छ
दुई दिनको जिन्दगी यो त्यसै जाने हो कि
काल आई टप्प टिपी कतै लाने हो कि

शब्द – कोविदशरण उपाध्याय
स्वर, संगीत – कर्ण दास
एल्बम – पुरानो डुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *