Skip to content

रिसाएर जानेलाई


सम्झेको छ भन्दिनु है रिसाएर जानेलाई,
फूलैपर्ने गरी आँखा बिझाएर जानेलाई ।

सधैं सधैं याद गर्छु कहाँ भुल्न सक्छु र म ?
मन्को एउटा नाता पनि सिध्याएर जानेलाई ।

कस्ले रोक्ने,कस्ले छेक्ने बैंश फुल्दै आएपछि,
जताततै पंखहरु फिँजाएर जानेलाई ।

ठिकै भयो,मेरो पनि छैन केही गुनासो त,
आफ्नो छोडी पराई नै रिझाएर जानेलाई ।

यस्तै रैछ माया भन्ने बधाई छ बधाई छ,
दोभान छोडी त्रिबेणीमा मिसाएर जानेलाई ।

2 thoughts on “रिसाएर जानेलाई”

  1. राम्रा राम्रा लेखहरु रैछन |
    राम्रा राम्रा लेखहरु रैछन | लेख्दै जानु होला |

Leave a Reply

Your email address will not be published. Required fields are marked *