Skip to content


तिम्लाई छाडी अरुसँग झुटो कसम खा’को छैन
सत्य कसम त्यो ज्यान बाहेक अन्त नजर ला’को छैन

म त तिम्रो भरोसामा सैयौं जुनी काट्न सक्छु
तिम्ले बना’ घेरा तोडी बाहिर कतै गा’को छैन

कोही त्याग्छु ज्यान भन्छन्,कोही सु:ख कटाउछु
सैयौं दिन्छु खुसी भन्छन् उमंगले छा’को छैन

तिमीसँगै बाँच्न पाए फेदीमा नै जीवन कट्छ
अनन्तको शिखर चुम्न कही कतै धा’को छैन

भोक प्यासै त्याग्छु म त तिम्रो समीप रम्न पाए
तिमी बाहेक यो दिलले अरु कोही चा’को छैन

निर्मला थापा

7 thoughts on “गजल”

  1. तपाईंको गजल लेखन देखेर ईष्या
    तपाईंको गजल लेखन देखेर ईष्या लाग्यो निर्मलाजी कती धेरै अनी कती राम्रो लेख्न सक्नुभएको-अनुभव

  2. गजलप्रतिको यहाँहरुको
    गजलप्रतिको यहाँहरुको प्रतिकृयाको लागि सबैलाई धेरै धेरै धन्यवाद

    निर्मला थापा,

  3. मनोज जि,
    यहाँलाई पनि थाहा छ

    मनोज जि,
    यहाँलाई पनि थाहा छ गजल वा साहित्यको कुनै पनि विधा अरुले सिकाएको आधारमा रटेर लेखिने बिषय पक्कै पनि होइन । यद्यपी यसको विधागत जानकारी भन्ने निस्चय नै जरुरी हुन्छ ।
    यसको लागि बिभिन्न साहित्यिक वेबसाईटहरु यहाले हेर्न सक्नु हुन्छ, जहा विस्तृत् जानकारि पाउन सक्नु हुनेछ ।

    निर्मला थापा,
    काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *