Skip to content


मायामा तिम्रो जित मेरो सधैं हार भो ।
तिमी बिनाको यो जिन्दगीको के सार भो ?

मेरो समिपै सुम्पिई दिन्छु भनी ठाने
तर तिम्रो निम्ति मुटुमै बिज्ने धार भो ।

सजाई राख्न दिलको ढोका खोली बसे
तर तिम्रो निम्ति लत्याई हिड्ने द्वार भो ।

परेवा प्रिती गाँसी जिउँने आशा गरे
आखिरी तिम्रो निम्ति बाँच्न के आधार भो ?

आशै-आशमा अनायसै ओझेल परे
यतिकैमा मेरो आधा जीवनै पार भो ।

मायामा तिम्रो जित मेरो सधैं हार भो ।
तिमी बिनाको यो जिन्दगीको के सार भो ?

– बगदाद ।
http://www.arjundr.blogspot.com

1 thought on ““सधैं हार भो ।””

  1. Arjun………………
    Arjun………………

    Supar…………………

    सजाई राख्न दिलको ढोका खोली बसे
    तर तिम्रो निम्ति लत्याई हिड्ने द्वार भो yo line ra

    मायामा तिम्रो जित मेरो सधैं हार भो ।
    तिमी बिनाको यो जिन्दगीको के सार भो ? yo line le mero mutu chhoyo

    Go ahead……………….

    yours

    Khanal_Tanka
    deadbody80@gmail.com
    dineshkhanal2007@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *