Skip to content

जाडो बढेपछी बेशीतिर झर्नु पर्‍यो


लेकतिर जाडो बढेपछी बेशीतिर झर्नु पर्‍यो
आफ्नो घर भात्किए पछी छिमेकतिर सर्नु पर्‍यो

वर्षादको समय राती बाढी आउन पनि सक्छ
राँको बाली आजै साँझ पारी गाउँ सम्म तर्नु पर्‍यो

गरीव कै घरमा ईश्वरले नि बाश गर्नु पर्छ
पारी गाउँकै खेतालो गई आफ्नो पेट भर्नु पर्‍यो

न्यायको आँखा नपुग्ने ठाउँमै दैबको आँखा पुग्छ
निशाफको कुरो नबुझ्ने प्रत्येक् पाइला हर्नु पर्‍यो

प्रभातको खोजीमा कती अन्धकारमा भौतारिनु
निधारमा हात राखी कर्मै यती रै’छ भन्नु पर्‍यो ।

– बगदाद
arjun.bantawa@gmail.com
http://www.arjundr.blogspot.com

3 thoughts on “जाडो बढेपछी बेशीतिर झर्नु पर्‍यो”

  1. arjun ji ramro chha tara
    arjun ji ramro chha tara mitar ma ali dhyan dinu hola ra antim kafiya pani baliyo vaye ajha sugandha authyo ki?
    sunil sangam

  2. संगम जी र उत्तम जी नमस्कार
    संगम जी र उत्तम जी नमस्कार ।
    मेरो प्रयासरत रहेको गजलमा केही-केही त कमी कम्जोरी रहेकै छ । जसमा तपाईहरुको अमूल्य समय खर्च गरी सुझाब-सल्लाह दिनु भएकोमा धेरै-धेरै धन्यवाद तपाईंहरुलाई । अनी तपाईंहरुको सुझाब-सल्लाहलाई कदर गर्दै सो कुरोमा ध्यान अवस्य दिनेछु । यहाँहरुको दिन शुभ-रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *