लेकतिर जाडो बढेपछी बेशीतिर झर्नु पर्यो
आफ्नो घर भात्किए पछी छिमेकतिर सर्नु पर्यो
वर्षादको समय राती बाढी आउन पनि सक्छ
राँको बाली आजै साँझ पारी गाउँ सम्म तर्नु पर्यो
गरीव कै घरमा ईश्वरले नि बाश गर्नु पर्छ
पारी गाउँकै खेतालो गई आफ्नो पेट भर्नु पर्यो
न्यायको आँखा नपुग्ने ठाउँमै दैबको आँखा पुग्छ
निशाफको कुरो नबुझ्ने प्रत्येक् पाइला हर्नु पर्यो
प्रभातको खोजीमा कती अन्धकारमा भौतारिनु
निधारमा हात राखी कर्मै यती रै’छ भन्नु पर्यो ।
– बगदाद
arjun.bantawa@gmail.com
http://www.arjundr.blogspot.com

arjun ji ramro chha tara
arjun ji ramro chha tara mitar ma ali dhyan dinu hola ra antim kafiya pani baliyo vaye ajha sugandha authyo ki?
sunil sangam
Arjun Niceeeeeeeeeeeeeee
Arjun Niceeeeeeeeeeeeeee gajal
Dear arjun,Sangam ji le bhane jastai antim Kafiya ali baliyo bhayako bhaya…. sun ma sugandha hune thiyo..
Alll the Best Arjun
Khanal_Tanka
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com
संगम जी र उत्तम जी नमस्कार
संगम जी र उत्तम जी नमस्कार ।
मेरो प्रयासरत रहेको गजलमा केही-केही त कमी कम्जोरी रहेकै छ । जसमा तपाईहरुको अमूल्य समय खर्च गरी सुझाब-सल्लाह दिनु भएकोमा धेरै-धेरै धन्यवाद तपाईंहरुलाई । अनी तपाईंहरुको सुझाब-सल्लाहलाई कदर गर्दै सो कुरोमा ध्यान अवस्य दिनेछु । यहाँहरुको दिन शुभ-रहोस् ।