बाई बाई सलाम साथीभाइ म घर जाँदैछु
मुटुभरि साँचेर सबैको माया मसँगै लाँदैछु
भेट भयो बिरानो ठाउँमा भयो चिनाजानी
माफी दिनू गल्ती भए जानी वा अन्जानी
यो मरूभूमिमा सबै हाँसी खुसी बस्नू है
आँसु झर्ला, मुटु दुख्ला मन अलि कस्नु है
याद आउँदा आफ्नो देश, छाती चस्की आँसु नि झर्छ नि
केही पाउनलाई हामीले, केही गुमाउनु नि पर्छ नि
हिजोसम्म म पनि रुन्थे नि
मुनाबिनाको मदन झैं हुन्थे नि
बल्ल आयो घर जाने दिन
सम्झिदा नि मन हुन्छ सिरिङ्ग
हजुरहरूको नि भोली दिन आउने छन्,
छातिभरि सपना बोकी घर जान पाउने छन
दुई महिनापछि आउने छु फर्केर
पहिला जस्तै माया दिनु नहिंड्नू तर्केर
बाई बाई सलाम साथीभाइ म घर जाँदैछु
मुटुभरि साँचेर सबैको माया मसँगै लाँदैछु
राजेश रुम्ब लामा
दोहा कतार ।G4S
Reasonlama_rumba@yahoo.com

thanku for ur kabita, keep it
thanku for ur kabita, keep it up.
राजेशजी, तपाईंलाई
राजेशजी, तपाईंलाई नेपालप्रस्थानको शुभकामना!
गीतमा जोश र उमंग निकै मज्जासँग दर्साउनुभा’ छ। Keep it up!
–Kumar
राम्रो लाग्यो
राम्रो लाग्यो